एजेन्सी - पाकिस्तानमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ ।

त्यहाँका सरकारी अधिकारीका अनुसार कोरोनाबाट अहिलेसम्म १२ हजार ७ सय जना संक्रमित छन् भने दुई सय ६९ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा भारतमा १६ जनाको मृत्यु भएको छ भने ७ सय ८३ जना संक्रमित थपिएका छन् । पाकिस्तान दक्षिण एसियामा भारतपछि सबैभन्दा बढी प्रभावित देश हो ।