काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिकाबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपालसहित तीन राष्ट्र सहभागी सिरिजमा ओमान तीन खेल जित्दै अपराजित छ । ओमानले नेपाललाई दुवै खेल पराजित गरिसकेको छ भने अमेरिकालाई पनि पहिलो खेलमा पराजित गरेको छ ।

अमेरिकाले भने ओमान र नेपालसँग १–१ खेल हारेको छ । नेपाल आउनुअघि अंक तालिकामा शीर्ष स्थानमा रहेको अमेरिकालाई ओमानले पछि पारिसकेको छ । १४ अंकसहित ओमान शीर्ष स्थानमा रहँदा अमेरिका दोस्रो स्थानमा छ ।