काठमाडौं - पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ। लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैठौँ दिन हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जना रहेका छन् । थपिएका संक्रमितहरुमा २१३ जना पुरुष रहेका छन् भने १३ जना महिला रहेका छन् ।

गएको छ दिनमा मात्रै १,०२६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो। गएको २४ घण्टामा २,३१० जनाको पीसीआर परीक्षण गरिएको र २,६४८ जनामा आरडीटी परीक्षण गरिएको डा. देवकोटाले बताएका छन्।

कुल सङ्क्रमितमध्ये १,५६९ जना उपचारको क्रममा आइसोलेशनमा रहेको बताइएको छ।  काठमाडौं र डडेलधुरामा मृत्यु भएका दुई व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको पनि डा. देवकोटाले बताए।