नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६३८ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०४-२७ ०४:४१ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले देशभर गरेर ६३८ जना कोरोना संक्रमित थपिएको बताए।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस