काठमाडौं -  रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशनमार्फत जारी गरेको  रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको छ । 

 कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुको ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् । 

सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई आजको मितिमा १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३  शेयरधनी कायम भएका छन् ।