काठमाडौं - इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले कीर्तिमानी जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ८–० गोल अन्तरको कीर्तिमान बनाएको हो ।  यो लिगमा क्लबको सर्वाधिक अन्तरको जित हो । 

घरेलु मैदानमा सिटीको जितमा बेर्नार्डो सिल्भाले ह्याट्रिक गरे । यस्तै डेभिड सिल्भा, सर्जियो अग्युरो, रियाद महरेज, निकोलस ओटामेन्डी र केभिन डी ब्रुएनले एक एक गोल गरे ।

पहिलो हाफमा सिटीले ५–० को सबैभन्दा छिटो गोल गरेको कीर्तिमान पनि बनाएको छ । 

शनिबार रातिका खेलको नतिजा

एभर्टन ०–२ सेफिल्ड युनाइटेड

बर्नली २–० नर्विच सिटी

लेस्टर सिटी २–१ टोटनह्याम हट्सपर 

न्युकासल युनाइटेड ०–० ब्राइटन

अंक तालिका

लिभरपुल ५ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । म्यान्चेस्टर सिटी १३ अंकसहित दोस्रो स्थानमा छ । लेस्टर सिटी ११ अंकसहित तेस्रो स्थानमा छ । बर्नमाउथ १० अंकबाट चौथो स्थानमा हुँदा टोटनह्यामसहित सात टिमको ८–८ अंक छ ।