काठमाडौं - भारतको जम्मु कश्मीरमा पाकिस्तानसँगको भिडन्तमा नेपाली मूलका भारतीय सैनिक साम्बुर गुरुङ मारिएका छन् । 

हवलदार साम्बुर गुरुङ नौशेरा सेक्टरको नियन्त्रण रेखामा पाकिस्तानी सेनाले चलाएको गोली लागेर गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको भारतीय सेनाले बयान जारी गरेर जनाएको छ ।‘हवलदार गुरुङ बहादुर, इमान्दार र उच्च मनोबल भएका सैनिक थिए । उनले दिएको महान् बलिदान र कर्तव्यप्रतिको लगनका लागि मुलुक सधैं उनीप्रति ऋणी रहन्छ,’ लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दले भने ।

भारतीय सैनिकहरूले पाकिस्तानलाई दह्रो जवाफ दिएको पनि उनले बताए ।