काठमाडौं - नायिका वर्षा सिवाकोटीले सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने भएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै उनले सहयोग गर्ने जानकारी दिएकी हुन् ।

उनले सहयोग रकमको आफैले राहत किनेर बाड्ने इच्छा भएपनि सरकारले सुरक्षित रहन जारी गरेको लकडाउनको आदेशलाई पालन गर्दे उक्त रकम राहत कोषमा जम्मा गरेका बताइन ।

बर्षाले कोरोना रोकथाममा अहोरात्र खटिने चिकित्सक टोली तथा सुरक्षा निकायहरुलाई समेत कृतज्ञता ब्यक्त गरेकी छिन् ।