काठमाडौं - चलचित्रमा ‘क्रेडिट’ नदिएको भन्दै दीपिका पादुकोणको फिल्म ‘छपाक’ को प्रदर्शनमा दिल्ली हाइकोर्टले रोक लगाएको छ । 

अदालतको आदेशअनुसार फिल्म १५ जनवरीदेखि मल्टिप्लेक्स, अनलाइन प्लेटफम्र्स र १७ जनवरीबाट अन्य कुनै पनि ठाउँमा प्रदर्शन गर्न पाइने छैन । यसअघिनै पटियाला हाउस् कोर्टले निर्मातालाई ‘क्रेडिट’ दिन आदेश दिएको थियो ।  

छपाक सन् २००५ मा एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित फिल्म हो । अपर्णा भट्ट लक्ष्मी अग्रवालकी वकिल हुन् ।  

फिल्म निर्माण कम्पनी फक्स स्टुडियोले ट्रायल कोर्टको आदेशलाई उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको थियो । यसमा सुनुवाई गर्दै उच्च अदालतले ट्रायल कोर्टको फैसला सुरक्षित गर्दै निर्देशक मेघना गुलजारलाई कानुन व्यवसायी भट्टलाई क्रेडिट दिन आदेश दिएको छ । 

दिल्लीको पटियाला हाउस् कोर्टले निर्मातालाई चलचित्रमा ‘अपर्णा भट्ट महिलामाथि हुने शारीरिक र याैंन अपराधविरुद्ध लडिरहेकी छन्’ भन्ने हरफ समावेश गर्न आदेश दिएको थियो । 

गत शुक्रबार भएको सुनुवाइको क्रममा निर्माताले फिल्ममा उनको योगदानको श्रेय दिन कुनै कानुनी बाध्यता नभएको दावी गर्दै उच्च अदालतसँग ट्रायल कोर्टको आदेश हटाउनसमेत आग्रह गरेको थिए ।