काठमाडौं -दहीले शरीरमा लाग्ने कैयौँ रोगबाट पनि छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । ५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो । 

-नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ ।

-अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक स्टडीमा खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ ।

-जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ ।

-यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पुर्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

-दहीकोे नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने काम गर्छ ।

-कोलेस्टेरोलका बिरामीलाई दहीको नियमित प्रयोग लाभदायक मानिन्छ ।