काठमाडौं - बलिउड अभिनेता अक्षय कुमार सबैभन्दा महंगो अभिनेता बनेका छन् । गत वर्ष मात्र उनको केशरी, मिशन मंगल, हाउसफुल-४ र गुन न्यूज गरी चार सिनेमाले वक्सअफिस सनसनीपुर्ण व्यापार गरेका थिए ।

केही समय अगाडि उनले बासु भगनानीको सिनेमाको लागि सय करोड भारु पारिश्रमिक लिन लागेको समाचार बाहिरिएको थियो। सो पारिश्रमिकको अंकले सबैको ध्यान आकृष्ट गरेमा मंगलबार उनको पारिश्रमिकको नयाँ अंक सार्वजनिक भएको छ।

बलिउड वेवसाइट बलिउड हंगामाले आफ्नो समाचारमा अक्षयको नयाँ पारिश्रमिक १२० करोड भारू पुगेको जनाएको छ। उनले 'राझंणा' तथा 'जिरो' निर्देशक आनन्द एल रायको नयाँ सिनेमाका लागि उक्त रकम बुझ्न लागेको उसले बताएको छ।

यो पारिश्रमिकले अक्षयलाई बलिउडको सर्वाधिक पारिश्रमिक लिने बलिउड अभिनेता बनाएको छ।