एजेन्सी - तातो पानी वा तातो दुधमा एक चम्चा बेसार मिलाएर पिउनाले रुघा खोकीका लागि छिट्टै असर गर्ने गर्दछ । यो उपाय सबै उमेरका मानिसहरुका लागि फाइदाजनक मानिन्छ ।

बेसारमा एंटीभाइरल र एंटीब्याक्टेरियल तत्व पाइन्छ । जुन रुघाखोकीसँग लड्नका लागि धेरै फाइदाजनक हुने गर्दछ ।

अदुवाको त्यसै पनि कयौँ फाइदाहरु रहेका छन् तर अदुवा हालेको चिया रुघाखोकीका लागि धेरै नै फाइदाजनक मानिन्छ ।

अदुवालाई केही बेरसम्म पानीमा पकाएर त्यसलाई चिया बनाएर पिउनाले रुघाखोकी नियन्त्रणका लागि तीव्र गतिमा काम गर्ने गर्दछ ।

कागती र महको प्रयोग रुघा खोकीका लागि फाइदाजनक मानिन्छ । दुई चम्चा महमा एक चम्चा कागतीको रस मिसाएर एक गिलास मनतातो पानी वा तातो दुधसँग पिउनाले रुघाखोकी नियन्त्रणमा मद्दत पुग्ने गर्दछ ।

लसुन रुघाखोकीसँग लड्नका लागि धेरै उपयोगी हुने गर्दछ । लसुनमा एलिसिन नामक एक रसायन हुने गर्दछ । जुन एंटीब्याक्टेरियल, एंटीभाइरल र एंटीफंगल हुने गर्दछ । लसुनको पाँचवटा पोटीलाई घिउमा भुटेर दिनमा दुईपटक खानाले रुघाखोकीबाट छ्टिटै आराम मिल्दछ ।

तुलसी र अदुवालाई रुघाखोकीका लागि रामबाण समान मानिन्छ । यसको सेवनबाट तुरुन्त आराम मिल्ने गर्दछ । एक कप तातो पानीमा तुलसीको केही पात र एक टुक्रा अदुवा मिसाउने ।

केही बेरसम्म उमालेर त्यसलाई काढा बन्न दिने । यसलाई बिस्तारै पिउने । यो उपाय बच्चा र ठूलो सबैका लागि फाइदाजनक मानिन्छ ।