काठमाडौं - प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय सहप्रवक्ताको जिम्मेवारी दिएको छ  ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सम्प्रेषण गर्न वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश राज जोशीलाई केन्द्रीय प्रहरी सहप्रवक्ता तोकिएको हो ।

जोशी नेपाल प्रहरीमा फरक पहिचान बनाउन सफल प्रहरी हुन् ।