काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

इन्स्योरेन्सले संस्थापक समूहको ८१ हजार अर्थात २२४ दशमलव ७५ कित्ता र सर्वसाधारण समूहतर्फको ७९ हजार ८५३ दशमलव २५ कित्ता अवितरित हकप्रद शेयर खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको थियो।

इन्स्योरेन्सले साउन २२ गतेदेखि २९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गरिएको अवितरित हकप्रद शेयर भदौ ९ गते बोलपत्रदाताहरुको रोहवरमा खोली भदौ १५ गते बाँडफाँड गरेको हो।

बोलपत्रमा नपरेको बोलपत्रवाताको रकम भदौ १७ गतेदेखि बोलपत्र फाराममा उल्लेख गरिएको बैंक खातामा रकमान्तर गरिनेछ। साथै बाँडफाँटमा परेको शेयरधनीहरुको शेयर नेप्से र सिडिएससीमा सूचीकृत भएपश्चात बोलपत्र फाराममा उल्लेखित हितग्राही खातामा जम्मा गरिने इन्स्योरेन्सको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ।