एजेन्सी - एक चिनियाँ युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन चाहिन् । ब्लगर ती युवतीले जब अक्टोपसलाई आफ्नो मुखभित्र राख्न खोजिन्, अक्टोपसले जवाफी आक्रमण ग(यो । 

अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई हम्मे(हम्मे प(यो । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा यसरी समात्यो कि, युवतीले बढो कष्टसाथ आफूलाई मुक्त पारिन् । 

युवतीको उक्त भिडियो यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ । अक्टोपसको आक्रमणबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइरहेकी देखिन्छिन् । अक्टोपसले चिथोर्दा उनको गालामा चोटसमेत लागेको छ ।