सिन्धुपाल्चोक - अनौठो आकृतिको सेताम्मे भीर । जसको सेतो धुलो चाख्दा नुनको स्वाद आउँछ । स्थानीय चौंरी गोठाला दिनहुँ त्यहाँ पुगेर नुन चाख्छन् र पाइने सेतो धूलो प्रसादका रूपमा घर लान्छन् । जुगल गाउँपालिका–३ तेम्बाथान गाउँको जंगली भीरको भित्ताभरि स्वाद चाखेपछि त्यहाँका गोठालाले नामै ‘नुनिलो भीर’ राखेका छन् ।

भीरको तल्लो ढिस्को कडा छ । माथिल्लो भागबाट पानी झरिरहन्छ । प्राकृतिक नुन खुवाउन चौंरी गोठाला भीरमै पुग्छन् । ‘तेम्बाथानका गाउँले नुन चाहिए त्यहीँ खोतलेर ल्याउँछन्,’ स्थानीय साइँला शेर्पा भन्छन्, ‘भीरमा पक्कै यो नुनकै खानी हुनुपर्छ ।’ नुनको स्वाद पाइएकाले सेताम्मे रङको भीरलाई नुनिलो भीर भनेर चिनिने गरिएको उनले सुनाए । 

 कान्तिपुरबाट