काठमाडौं - चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना पोजेटिभ पाइएका छन् ।

कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । यस्तै अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन् ।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई भने, ‘अमिताभ बच्चन र अभिषेक बच्च्नको एन्टीजेन परीक्षण गरिएको थियो जसको नतिजा पोजेटिभ आएका छन् । उनको परिवारका अन्य सदस्य जया बच्चन र ऐश्वर्या राय बच्च्नको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको रिपोर्ट आइतबार आउनेछ ।’