काठमाडौै - नेपाली कांग्रेसले उपसभामुख पदमा बार्गेनिङ नगर्ने बताएको छ ।

संविधानमा सभामुख र उपसभामुख पद फरक दलको हुनुपर्ने भनी गरिएको व्यवस्था र त्यसको मर्म नेकपा स्वयंले बुझ्नुपर्ने कांग्रेसको टिप्पणी छ ।

प्रतिनिधि सभा बैठकमा सभामुख निर्वाचन प्रक्रियाअगाडि बढेपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद मीनेन्द्र रिजालले संसदीय दलको निर्णय सुनाउँदै उपसभाामुखका लागि सभामुखमा उम्मेदवारी नदिएको भन्ने आरोप गलत भएको बताए ।

’कांग्रेसले उपसभामुखका लागि बार्गेनिङ गरेर सभामुखमा उम्मेदवारी दिएन भनिएको छ, त्यो सत्य होइन,' रिजालले भने, 'संविधानमा सभामुख र उपसभामुख अलग–अलग हुनुपर्छ भनेर भनिएको छ । संविधानको मर्म र भाव नेकपाले बुझ्ला नबुझ्दा, बुझेर बुझपचाउला तर कांग्रेस उपसभामुखका लागि कमाण्डलु लिएर माग्न प्रस्तुत हुने छैन ।‘