काठमाडौं - किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । 

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

नागार्जुन नगरपालिका-६ फस्कुस्थित टहरामा वीर बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।