काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग को करातेमा नविन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।

मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नविनले ६७ केजीमा पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्।

यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।