काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को चौंथो दिन आज (बुधबार) विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल भने काठमाडौंमा हुनेछ ।सागको पुरुष फुटबलअन्तर्गत लिगको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल दशरथ रंगशालमा बेलुका ५ बजे हुने छ ।

 त्यस्तै, साग क्रिकेट अन्तर्गत महिलातर्फ बुधबार नेपालले टेष्ट राष्ट्र बंगलादेशसँग खेल्दै छ । पोखरा रंगशालामा हुने खेल बिहान १० बजे सुरु हुनेछ ।

आज कराँतेको अन्तिम ४ स्वर्णको छिनोफानो हुँदैछ । आयोजकका अनुसार, कराँतेको फाइटतर्फ व्यक्तिगत दुई र टिम कुमुतेतर्फ दुई स्वर्ण छिनोफानो हुनेछ ।

कूल १९ स्वर्ण रहेको कराँतेमा जारी सागमा नेपालले अहिलेसम्म सर्वाधिक ९ स्वर्ण, ३ रजत र २ कास्य हासिल गरिसकेको छ ।

त्यस्तै, तेक्वान्दोमा आज ६ स्वर्णको छिनोफानो हुँदैछ । कुल २९ स्वर्ण रहेको तेक्वान्दोमा पुम्सेतर्फ १३ र फाइटतर्फ ४ गरी १७ वटा स्वर्णको छिनोफानो भइसकेको छ । आज ६ स्वर्णको नतिजा आएपछि ६ स्वर्णको लागि बिहीवार प्रतिस्पर्धा हुनेछ । नेपालले ९ स्वर्ण जितिसकेको छ ।

आज उसुतर्फ पनि प्रतिस्पर्धा हुँदैछ । आज दुई स्वर्णको छिनोफानो हुनेछ । त्यस्तै, एथ्लेटिक्सतर्फ काठमाडौंको दशरथ रंगशालामा बिहान ९ बजेबाट विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।सातदोबाटोमा सुटिङ र टेनिसका खेलहरु हुनेछन् भने आजै गोकर्णमा गल्फ र साइक्लिङ पनि हुँदैछ ।