काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको सभामुख पदको शपथ लिइ पदभार गरेपछि पार्टीको सबै जिम्मेवारीबाट अब अलग रहने घोषणा गरेका छन् ।

“संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भइ कार्य गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउन चाहन्छु,” विज्ञप्ति जारी गरेर भनेका छन् ।