काठमाडौं : लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओमा रमेश कुमार भट्टराई नियुक्त भएका छन् ।भट्टराई विगत लामो समय देखी बीमा क्षेत्रमा सक्रिय छन् भने भट्टराई संग धेरै वटा कम्पनीमा उच्च तहमा रहेर सफलता पुर्बक काम गरेको अनुभव छ ।

युनाइटेड इन्स्योरेन्स बाट बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराई धेरै वटा कम्पनीहरुमा काम गरि फेरि युनाइटेड इन्स्योरेन्समा निमित्त प्रमुख कार्यकारी अधिकृत भएर कम्पनी लाई नयाँ उच्चाइमा पुर्याउन सफल भएका थिए ।

लुम्बिनी जनरल इन्स्योरेन्समा उनले साउन एक गते देखि कार्यभार समाल्ने छन् ।