काठमाडौं - गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।

ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो।