काठमाडौं - कोरोना भाइरसविरुद्ध लड्न भारतमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले पीएम–केयर फन्ड नामक कोष स्थापना गरेका छन् ।

शनिबार राहत कोषको स्थापना गर्दै देशवासीलाई यसमा दान गर्नका लागि अपिल गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, देशवासीलाई यसमा दान गर्नका लागि अपिल गरेका छन् । कोषको अध्यक्षमा मोदी रहेका छन् भने गृहमन्त्री, रक्षामन्त्री र अर्थमन्त्री सदस्य छन् ।

मोदीले खडा गरेको कोषमा अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारु दान गरेका छन् ।

अक्षयले भनेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई मेरो वचनबाट २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ । आउनुहोस्, जीवन बचाऔँ, ‘ज्यान छ त जहान (विश्व) छ ।’