काठमाडौं  - फिल्म ‘छपाक’को ट्रेलर रिलिज भएको छ । फिल्म एक एसिडपीडित (सर्वाइभर) युवतीको कथा हो ।

फिल्मकी मुख्य पात्र दीपिका पादुकोणले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेकी छन् । उनको अभिनयको ट्रेलर हेरेरै तारिफ हुन थालेको छ । उनको साहसिक कदमबाट प्रेरित भएर ट्वीटरमा पछ्याउनेको ओइरो लागेको छ  । 

दुई मिनेट लामो ट्रेलरमा दीपिकाको प्रभावशाली अभिनय हेर्न सकिन्छ  । ट्रेलर रिलिज समारोहमा दीपिका निकै भावुक भइन् । छपाकजस्तो फिल्म छानेपछि उनलाई बलिउडकी लिडिङ लेडीको उपमा दिइएको छ । 

एसिडपीडित सर्वाइभरको जीवनमा आधारित फिल्म छपाक आत्मविश्वास बढाउने कथा हो । मेघना गुलजारद्वारा निर्देशित तथा केए प्रोडक्सन र फक्स स्टार स्टुडियोद्वारा निर्मित फिल्म छपाक १० जनवरी २०२० मा रिलिज हुँदैछ ।