काठमाडौं - मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार भएको छ । आज गाउँपालिका कार्यालयमा कर ठेक्काको विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष रोहित कार्कीमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट घाइते कार्कीलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ । खुकुरी प्रहार गर्ने स्थानीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पटके करको ठेक्का नदिएको भन्दै उनले अध्यक्ष ठकुरीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । अघिल्लो बर्षको कर उठाउने ठेक्का ठकुरीले पाएका थिए । यो वर्ष गाँउपालिका आफैंले कर उठाउने निर्णय गरेको छ ।