एजेन्सी - विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको प्रभाब अहिले बलिउडका चर्चित अभिनेता तथा अभिनेत्रीहरुलाई परेको छ ।

अहिले बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट जोगिन आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका हुन् ।

यस रोगबाट जोगिन सबैले आफ्नो ठाउँबाट सुरक्षित रहेर अरूलाई पनि जोगाउन र आफू पनि जोगिन पहल गरेको अभिनेता अमिताभले बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्पको तस्बिर शेयर गर्दै आफू क्वारेन्टाइनमा भएको बताएका हुन् ।

यो सूचीमा अमिताभदेखि थुप्रै कलाकार समावेश छन् ।बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट पनि कोरोनाबाट बच्न आफू घरमै सुरक्षित बसेको बताएकी छिन् ।

उनले पनि सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै आफू सेल्फ क्वारेन्टाइनमा बसेको बताएकी छिन् । कोरोना भाइरसको आतङ्कबाट जोगिन विश्वभर नै अनेक उपायहरू अपनाइँदै छ । यसबाट सतर्क रहन र जोगिन हरेक देशका सरकारले पनि आ(आफ्नै नियमहरू लागु गर्दै आइरहेका छन् ।