काठमाडौं - नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन् ।

‘प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गर्नुभएको हो’–सल्लाहकार डा. अर्यालले भने । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल–भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ ।

भारत सरकारले पछिल्लोपटक सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भू–भाग पारेको भन्दै विरोध भइरहेको छ ।

सत्तारुढ नेकपानिकटको विद्यार्थी संगठन अनेरास्ववियु, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस निकटको भातृसंगठन नेपाल विद्यार्थी संघले सीमाकाबारेमा भारतले सार्वजनिक गरेको नक्साको विरोध गरिरहेका छन् ।