काठमाडौं - नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बन्दुक उठाएर कुनै शासन नआउने भएकाले बन्दुक बिसाएर राजनीतिक मुलधारमा आउन बिप्लव समूहलाई आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आज वारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले काठमाडौमा गरेको कार्यक्रममा उनले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताए ।

शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै उनले सम्यम भएर अगाडि बढ्नु पर्ने बताए ।पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विश्वमा शान्तिको सन्देश दिनका लागि सबै राजनीतिक दल एक हुनु पर्ने पनि बताए ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठ र गौरी प्रधानले दिगो शान्ति कायम गर्न समयमै सचेत हुनु पर्ने बताए । विगतमा भएको द्वन्द्वको पाठबाट सबैले बुझ्नु पर्ने भन्दै मानवअधिकारको रक्षाको लागि राजनीतिक दल प्रतिबद्ध हुनु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बारुदी सुरुङ र यसले पु¥याउने असरको बारेमा जानकारी गराइएको थियो ।