सर्वोच्च अदालतलेऔषधि ब्यबस्था बिभागका महानिर्देशक नारायण प्रसाद ढकाल लाई सरुवा गर्ने गलत निर्णयलाई  सच्याएर कानुनी शासनको प्रत्याभूति गराएको छ।न्यायालयले गरेको यो निर्णयले सत्यको विजय भएको छ ।

अदालतले विभागका महानिर्देशक ढकालको सरुवा तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

ढकाल अन्यायमा परेपछि सर्वोच्च अदालत पुगेका थिए।  न्यायाधीश कुमार रेग्मी र ईश्वर खतिवडाको संयुक्त इजलासले महानिर्देशक ढकालको सरुवा तत्काल   कार्यान्वयन नगर्न आदेश दिएको हो।

केहि बिचौलियाहरुको चल्खेलमा उपप्रधान,  स्वास्थ्य तथा जनसंख्या   मन्त्री उपेन्द्र यादवले  विभागबाट ढकाल लाई औषधि प्रयोगशालामा पदस्थापन गरि  विभागमा  पानबहादुर क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिएको थियो।