बारा - बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको ट्याङ्कीमा डुवेर मृत्यु भएका ५ जनाको शव जिल्ला अस्पताल बारामा ल्याएको छ ।

बाराका प्रहरी प्रमुख विकासरान खनालले समाचारदैनिकसंग कुरा गर्दै ५ जनाकै शवको आज जिल्ला अस्पतालमा पोष्टमार्टम गरिने बताए ।

गएराती मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको शव अन्डरग्राउन्ड ट्याङ्कीमा फेला परेको परेको थियो ।

बारा प्रहरी प्रमुख खनालले शव निकाल्न वरिपरिको भित्ता पनि फोडिएको जानकारी दिदै घटनाको अनुसन्धान भइरहेको बताए । मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरू डुबेका हुन् ।