काठमाडौं -  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले पैंतालीसौं दीक्षान्त समारोहको कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

सूचनामा पैतालीसौं दीक्षान्त समारोह आउँदो पुस ३ गते बिहीबार तदनुसार डिसेम्बर १९, २०१९ का दिन पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा आयोजना हुने र जसका लागि विद्यार्थीहरुले आफुलाई आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिइएको छ ।