काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रसको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान आज (मंगलबार) बाट देशव्यापी रुपमा एकसाथ सुरु हुँदैछ ।

विपी कोइरालाको १०६ औँ जन्म जयन्तीको प्रतिक स्वरुप त्यति नै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा रोपेर अभियान उद्घाटन गरिदैँछ ।

कांग्रसले भ्रष्टाचारको मुद्दा शसक्त ढंगले उठाउने भएको छ । पहिलो चरणको जागरण अभियानमा भएका एजेण्डालाई मुर्तरुप दिन दोस्रो चरणको जागरण अभियानमा भ्रष्टाचारको मुद्दा उठान गरिएको कांग्रेसले जनाएको छ ।

दोस्रो चरणको अभियानमा सरकारले गरेका गलत कामको भण्डाफोर गर्ने केन्द्रिय सदस्य मीन विश्वकर्माले जनतापाटीलाई जानकारी दिएका छन् ।

तीन सय ३० क्षेत्रमा एकैपटक उद्घाटन गरिने कार्यक्रममा सरकारले गरेका जनविरोधि काम, अनियमितता, संविधान मिचेर गरेका काम, जबर्जस्ती गराइएको लोकसेवा स्थानीय तहको परीक्षा, मानवधिकार र सामुहिक गौ हत्याको विषयमा सरकारलाई सचेत गराउँदै अभियान अगाडि बढाइने भएको छ ।

१५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ५ मुद्धामा केन्द्रित रहेर ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।