काठमाडौं - कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ। मर्नेहरुमध्ये दुई तिहाइ युरोपका छन्। हालसम्म विश्वभर ३१ हजार ९ सय १२ को मृत्यु भएको छ।

इटलीमा मात्र १० हजारभन्दा बढीको मृत्यु भएको छ। स्पेनमा गएको २४ घण्टामा ८ सय ३८ जनाको ज्यान गएको छ। संक्रमितहरुको संख्या ७ लाख नजिक पुगेको छ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा १ लाख २२ हजार मानिस संक्रमित भएका छन्। त्यहाँ मर्नेहरुको संख्या २ हजार २ सय नाघेको छ। एजेन्सी