कास्की - प्रतिनिधिसभाको उपनिर्वाचनमा कास्की-२ मा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई र नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको मतान्तर बढ्दै गएको छ। भट्टराईले ८ हजार ४ सय २० मतान्तरले अग्रताले लिइकी छन्। पोखराका ६ वटा वडा ३३, २१,२०, १५,१६ र १७ मतगणना समाप्त भएको छ।

जारी मत गणनामा विद्याले १७ हजार ६४४ मत प्राप्त गरेकी छन्। त्यस्तै, कांग्रेसका पौडेलले ९ हजार २२४ मतसहित विद्यालाई पछाइ रहेका छन्।

कास्की २ मा ७१ हजार आठसय ७१ मतदाता रहे पनि ४५ हजार ५६३ जनाले उपनिर्वाचनमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।