एजेन्सी - युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ ।

दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । कोलकत्ता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो भने हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लोरसँग १० रनले हारेको थियो ।

अनुभवी ब्याटस्म्यान रहेका यी दुई टोलीबीचको खेलमा रोमाञ्चक हुनेछ । कोलकत्तामा इयन मोर्गन, आन्द्रे रसेल, दिनेश कार्तिकलगायतका उत्कृष्ट ब्याट्सम्यान रहेका छन् । यता, हैदरावादमा डेविड वार्नर, केन विलियन्स, जोन वेरेस्ट्रो जस्ता अनुभवी खेलाडी छन् ।