काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति भन्दै हिँडिरहेकी बालिका खड्कालाई प्रहरीले नेकपाको केन्द्रीय कार्यालय पेरिस डाँडाबाट नियन्त्रणमा लिएको छ। नेकपा सचिवालय बैठक सुरु भइरहेका बेला नेताहरुलाई झापड हान्छुु भन्दै कार्यालयमा पस्‍न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर कोटेश्‍वर प्रभागमा राखेको हो।

पूर्वमन्‍‍‍त्रीसँग नाता खोज्‍‍ने बालिकालाई युवा संघले किन गर्‍‍यो कारबाही ? गत बिहीबार मात्रै उनले पति दाबी गर्दै प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध जिल्ला अदालतमा हालेको मुद्दा फिर्ता लिएकी थिइन्।

राईसँग आफ्नो कुनै किसिमको सम्बन्ध नरहेको बताउँदै उनले मुद्दा फिर्ता लिएर पनि पुरानै शैली देखाउन थालेकी हुन् महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बैठक चलिरहेका बेला नेताहरु भेट्नुछ भन्‍ने पेरिस डाँडामा जवरजस्ती छिर्न खोजेपछि नियन्त्रणमा लिनुपरेको बताएका छन्। ‘हामीले उनलाई नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘कोटेश्‍वर प्रभागमा राखिएको छ, केहीबेरमा छाडिदिन्छौँ।’