काठमाडौं - जारी सिजनमा उत्कृष्ट लयमा रहेको लिभरपुल इङ्लिश प्रिमियर लिग उपाधिको अझ नजिक पुगेको छ।

बुधबार प्रिमियर लिगमा वेष्टह्याम युनाइटेडलाई पराजित गरेको उसले लिगको दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग १९ अंकको दुरी कायम गरेको छ।

लिगमा समान २४ खेल खेलेको सिटीको ५१ अंक छ भने लिभरपुलको ७० अंक छ।हिजोको खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई २-० ले पराजित गरेको हो। सो क्रममा टोलीलाई पहिलो अग्रता मोहम्मद सालहले खेलको २५ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै दिलाएका थिए।

यसैगरी दोश्रो गोल एलेक्स अक्सलेड(चेम्बरलेनले खेलको ५२ औं मिनेटमा गरेका थिए।