२०२५ सालदेखि हालसम्म बीमा क्षेत्रमा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको र राष्ट्रिय अन्तराष्ट्रिय स्तरको बीमाको विषयमा समेत राम्रो ज्ञान भएका बीमा विज्ञ भोज राज शर्मासँग समग्र बीमा क्षेत्रको विषयमा केन्द्रित रहेर गरिएको अन्तर्वार्ता :

बीमा भनेको के हो, बीमा किन गर्ने ?

बीमा भनेको आफूलाई आर्थिक रुपमा असर पार्ने जोखिमहरुबाट सुरक्षाको लागि  बीमा गर्ने हो । मान्छेको चाहना भनेको पहिला खाने, लगाउने बस्ने जस्ता आधारभुत आवश्यकता हो । त्यसपछिको आधारभुत आवश्यकता भनेको जब मानिसले धन आर्जन गर्छ, आर्थिक स्तर बढ्दै जान्छ, त्यस अवस्थाबाट नघट्नको लागि आर्थिक सुरक्षा चाहिन्छ ।

आर्थिक सुरक्षा पनि आवश्यक पर्दछ, विभिन्न कुराहरुले आर्थिक सुरक्षामा बाधक भइरहेको हुन्छ । त्यसमध्ये प्राकृतिक प्रकोपहरु, दैवीक प्रकोपहरु हुने गर्दछन् । मानिसले जोडेको सम्पत्ती, र आफूले बनाएको आर्थिक अवस्था माथि भय पछि आफ्नै जिवनको पनि मूल्य बढी हुँदै जादो रहेछ । त्यसलाई फेरी त्यही अवस्थामा पुर्नस्थापना गर्नको लागि फेरी सुरुवाति संघर्ष गनूपर्छ । त्यही सुरुवाति संघर्ष गर्न नपरोस भनेर आफूलाई पर्नसक्ने जोखिम बीमा कम्पनीलाई सार्यो भने आफू ढुक्कसँग सुत्न पाइन्छ, कथमकदाचित त्यस्तो आर्थिक असुरक्षण भएको खण्डमा बिमा कम्पनीले क्षतिपुर्ति दिन्छ । अनि तुरुन्तै त्यसलाई पुर्नस्थापन गर्न सकिन्छ । 

जीवन बीमाको हकमा कुनै घरको मुल व्यक्तिको नै मृत्यु भएको खण्डमा बालबच्चा र परिवारको आर्थिक स्थिति झनै खस्किन सक्छ । बीमा गरेको अवस्थमा बिमा कम्पनीले क्षतिपुर्ति रकम केही वर्षसम्म उनीहरुको आर्थिक अवस्था सक्षम नभएसम्मको लागि त्यसको क्षतिपुर्ति गरिदिएको हुन्छ र समान आर्थिक स्थितिमा उनिहरु बाँच्न सक्छन् ।

जसको थोरै आर्जन छ, थोरै सम्पति छ उसलाई पनि यदि कथमकदाचित परिवारको मुल मान्छेलाई केही भयो, अथवा कुनै कारणबस सम्पतिको असुरक्षित भयो भने असुरक्षित भएको सम्पतीलाई यथास्तिमा ल्याउन, एक पुस्ताले नसकेर अर्को पुस्तामा धकेलिन सक्छ । त्यसरी धकेलिनबाट रोक्नलाई बीमा चाहिने हो । बीमालाई हामीले यसरी नयाँ प्रकारले बुझ्नुपर्छ । र बीमा भनेको समग्रमा भन्ने हो भने आफूसँग निहित भएको जोखिम अरुलाई सार्ने र कथमकदाचित केही परेछ भने त्यसको पुर्नस्थापित गर्ने हो । 

बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?

बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरुको सन्दर्भमा भन्नुपर्दा पहिले त आफूले कून बीमा गर्नुपर्ने छ भन्ने फिक्स  गर्नुपर्दछ । आफूलाई जोखिम के को जोखिम पर्छ, मैले कमाउछुँ, मलै मेरो परिवार र बालबच्चालाई यो स्तरमा राख्याछु, भोलि मेरो आकास्मिक मृत्यु भयो भने हालको आर्थिक स्थितिमा गिरावट आउँछ कि, र त्यस्तो नहोस, उनीहरु सक्षम नहुन्जेलसम्म केही व्यवस्था होस भन्नको लागि जीवन बिमा गरिन्छ । आफूले कमाइराखेको चिजलाई तलघट्न नपरोस, त्यही स्तरमा जीवनशैली रहोस भनेर जिवन बीमा गर्ने प्रचलन छ । 

जिवन बीमा गर्नुपर्ने दास्रो कारण कमाउने उमेरसम्म कमाउने र अवकास अवस्था र वृद्ध अवस्थाको लागि सुरक्षा पनि हो । जिवन बीमाको २ वटा कुरा छ, एउटा जोखिमकोर त्यसलाई पनि सुरक्षित गर्ने हो । लगानीलाई पनि सुरक्षा गर्ने हो । जोखिम र लगानीको सुरक्षाको लागि बीमा गर्नु आवश्यक छ । । आफ्नो घर, गाडी जस्ता सम्पतिको सुरक्षाको लागि पनि बीमा गर्नआवश्यक छ । 

बीमा सुरक्षाको लागि मात्रै होइन, बीमाले अप्रत्यक्ष रुपमा व्यत्तिलाई प्रगति तर्फ पनि उन्मुख गराइराखेको हुन्छ । उद्यमशिलतामा पनि टेवा दिइराखेको हुन्छ । बीमाबाट सुरक्षित भएर अघि बढेको खण्डमा धेरै भन्दा धेरै उद्योग गर्न सकिन्छ ।  नत्रभने क्षति हुँदै गयो, त्यसलाई मात्रै बनाउन लागियो भने आफू कहिले पनि नयाँ उद्यमशिलतातिर लाग्न सकिँदैन । 

तपाइले  बीमा क्षेत्रमा करिब पाँच दशकको अनुभव संगालि सक्नुभएको छ । पहिले र अहिले बीमा क्षेत्रमा के फरक छ ?

पाँच दशकको अवधिमा मैले बीमा क्षेत्रलाई नजिकबाट अवलोकन गरेको छु । सरकारी गैरसरकारी क्षेत्रमा बसेर काम गरेको पनि छु । मेरो अनुभवमा बीमा भनेको पहिले र अहिले उस्तै नै हो । तर, पहिले सिमित रुपमा बीमा हुन्थ्यो, बीमा  गर्नुपर्छ भन्ने जनचेतना धेरै कम थियो । बीमाको बारे अथवा बिमाको महत्व बारे प्रचारप्रसार गर्नको लागि धेरै प्रयास गर्नु पर्थ्यो। अहिले बीमाको बारे जनचेतना बढेको छ । यद्धपी जनसंख्याको अनुपातको आधारमा हाम्रो प्रयास त अझै पनि कमि नै छ । 

एक  करोडको बीमा संकलन भयो भन्दा उपलब्धि ठान्थ्यौ । आज ७० अर्ब नाघिसकेको छ बीमाको संकलन  बीमाको कोषहरु केही करोडमा थिए भने अहिले करिब ३ खर्बको कोष नै छ । अहिले बीमाले धेरै ठूलो फड्को मार्यो ।  फड्को मार्नूको एउटा कारण जनसंख्या पनि हो, जनचेतना पनि क्रमशः वुद्धि भएको छ । आर्थिक परिवर्तन पनि निकै भएको छ । र प्रविधिमा पनि धेरै फड्को मारेको छ । सम्पतिहरु धेरै संकलन भएको छ ।, सवारी साधनहरुको संख्या अत्याधिक बढेको छ । जसविद्युत परियोजनाले पनि फड्को मारेको छ । उद्योगहरुको संख्यामा पनि वुद्धि भएको छ । यी सबैको बीमा नभइकन हुँदैन । वैंक र वित्तिय संस्थाहरु पनि धेरै नै स्थापना भए । बिमाको लागि वैंक र वित्तिय संस्थाहरु  चाहिन्छ, वैंक र वित्तिय संस्थाहरुको लागि बीमा चाहिन्छ । दूवैले एक–आपसबाट उन्नति गर्याछन् । 

धरै फड्को मारेको छ, तर जति जनचेतना आउनुपर्ने त्यति मात्रामा भने आएको छैन । हाल १४ प्रतिशतको मात्रै जीवन बीमा भएको छ । यसलाई अझै बढाउनुपर्ने आवश्यकता छ ।  हालको यातायातको विस्तारसगैँ स्थानिय स्तरदेखि नै बिमामा सहभागी बनाउनुपर्ने हुन्छ । तिव्र विकास नै बीमा समितिको लक्ष्य  हो ।

 नेपालको आर्थिक बिकाशमा बीमाको भुमिका कस्तो देखिन्छ ?

नेपालको अर्थतन्त्रमा अहिले बीमाको भुमिका न्युन देखिएतापनि भविष्यमा यसेको अवश्य पनि ठूलो भुमिका रहने छ । कुल गाह्रस्त उत्पादनमा २.५ प्रतिशत यसको भुमिका रहेको छ । यसलाई दू्रत गतिमा विकास गरी धेरै भमिका निर्वाह गर्ने अवस्थामा पुग्नु पर्नेछ । अबको दशक बीमाको दशक हुनेछ ।

विकासको गति बढ्दै गएको अवस्थामा बीमाको विकास आर्थिक वृद्धिदरमा पनि भर पर्दछ । म ३२ वर्ष अगाडी चिन जाँदा खेरी बेइजिङको फराकिलो सडकहरुमा किरा सरी साइकल हुने गर्थे । केही मात्रै मोटरहरु हुन्थे । अहिले ३२ वर्ष पछाडी बेइजिङ जाँदा निकै महंगा गाडीहरु मात्रै देखिए । निकै कम मात्रामा मोटरसाइकल देखिए । साइकल झनै कम देखिए । जब त्यहाँको प्रतिव्यक्ति आए ८ हजार डलर भन्दा बढी भयो, करिब १करोड मोटरसाइकलहरुलाई ४ चक्के गाडीले विस्थापित गरेछ । त्यो हुनासाथ त्यहाँको धन बढ्यो, र धन बढेसँगै बीमा पनि बढ्यो । त्यस्तै हाम्रोमा पनि बीमाको महत्वपुर्ण  योगदान रहनेछ । 

तपाई बीमा विज्ञ पनि हुनुहुन्छ, धेरैवटा देश पनि घुमिसक्नुभएको छ, नेपालको बीमा र अन्तराष्ट्रिय बीमामा के फरक देख्नुभयो ? 

बीमाको प्रकति हेर्ने हो भने फरक केही पनि छैन । अन्तराष्ट्रिय बीमाको सन्दर्भमा नागरिकहरुमा सचेतना छ । बीमा गर्नको लागि प्रचारप्रसार गर्नुपदैन । मेरो बीमा कम्पनी अति उत्तम छ, यसबाट बीमा गर भनेर मात्रै प्रचार गर्ने हो । किनकि बीमा उनीहरुको आधारभुत आवश्यकता भइसक्यो । जन्मदेखि काजक्रिया सम्मको बिमा गरिएको हुन्छ । हाम्रोमा भने बीमाको सुरुवात हुँदैछ । अब उनीहरुको नयाँ–नयाँ आविस्कारको मात्रै बीमा हुन्छ । जस्तो भु–उपग्रह बीमा, उच्च प्रविधिहरुको बीमा, इन्जिनियरिङको बीमा आदि । उनीहरु त्यस दिशातिर छन् । हामी भर्खर सामान्य नागरिहरुलाई बीमा दायरामा ल्याउने क्रममा छौँ ।

हाम्रो देशमा बीमाको विषयमा ज्ञान हुनेको संख्या निकै कम देखिन्छ । यसलाई अलि व्यापक बनाउन के गर्नुपर्ला ?

हाल जति बीमा कम्पनीहरुको स्थापना भए त्यस अनुरुप तर क्षमता विकासमा त्यत्ति ध्यान दिइएको पाइदैन । सामान्य अभिमुखिकरण कै भरमा बिमा गराउने जस्ता काम भयो । यस्तो अवस्थामा अब क्षमता विकास चाहिन्छ भनेर जनमानसमा चेतना बढाउने उद्देश्यले बीमा समिति स्वयंले बिमा प्रर्वद्धन समिति खडा समेत गरिएको थियो । 

बीमा उद्योग र बिमितहरुको हितको लागि २ प्रकारले अगाडी बढ्नुपर्ने हुन्छ । बीमा गराउने कर्मचारीहरुलाई दक्ष बनाउन आवश्क छ । त्यस्तै सर्वसाधरणलाई बिमाको विषयमा चेतना बढाउन आवश्यक छ  पछिल्लो समय चेतना बढ्दै गएको पाइएको छ ।  नेपालमा गत साउनमा  बीमा तालिम केन्द्रको स्थापना भएको छ । अहिले बीमाको क्षेत्रमा काम गर्ने कर्मचारीहरुको दक्षता वृद्धि गर्न यसले निकै फड्को मारेको अवस्था छ ।

अन्तमा के भन्न  चाहनुहुन्छ ?

अन्तमा सञ्चार माध्यमहरुले संवाहकको रुपमा हामीलाई सहयोग गर्नुहोस् भन्न चाहन्छु । सञ्चारमाध्यमहरुले रचनात्मक किसिमको आलोचना गरिदिनुहोस भन्न चाहन्छु । हाम्रो कमजोरीहरु देखाइदिनुस, हामीलाई सुधार गर्नको लागि बल मिल्छ ।  जनसाधरणहरुलाई आफ्नो जोखिम सुरक्षण गर्न बीमा गर्नको लागि आग्रह गर्न चाहन्छु । बीमामा बढी भन्दा बढी सहभागी भइदिनुहोस भन्न चाहन्छु र सुरक्षित तवरले मनन गर्नुहोस  कसैको गलत आश्वासनमा नफस्नुहोस आवश्यक परेको खण्डमा कुनै माध्यमबाट बिमा समिति तथा सम्बन्धित बिमा कम्पनीमा बुझ्न आग्रह गदर्छु ।