एजेन्सी - स्पेनिस क्लब बार्सिलोना आउने भनेका ब्राजिलियन खेलाडी नेयमार जुनियर पीएसजीको अभ्यास सत्रमा सामेल भएका छन् । बार्सिलोना  र पीएसजीबीच नेयमारबारे सम्झौता अघि बढिरहेको बेला नेयमार अभ्यासमा सामेल भएका हुन् ।

२७ वर्षीय नेयमार बिहीबार दिउँसो ३ बजे पीएसजीको अभ्यास मैदानमा पुगेका थिए । तर, त्यसको आधा घण्टापछि मात्रै उनले अभ्यास थालेका थिए भने उनी सबैभन्दा ढिला ड्रेसिङ रुमबाट निस्केका थिए । अभ्यासको क्रममा उनी खुसी नै थिए । 


उता बार्सिलोनाले नेयमार फर्काउनको लागि दोस्रो प्रस्ताव पेश गरे पनि पीएसजीले अस्वीकार गरेको छ । नेयमार बार्सिलोना फर्कने सम्भावना प्रवल भए पनि दुवै पक्षबीच कुरो भने मिलेको छैन ।