एजेन्सी - सुपरस्टार रजनीकान्तको जुनसुकै फिल्मको पनि प्रतिक्षामा थुप्रै दर्शकहरु रहेका हुन्छन् । उनको फिल्म निर्माण हुने घोषणा भएदेखि नै फिल्मले सर्वाधिक चर्चा बटुल्ने गर्छ ।

१० जनवरी २०२० मा प्रदर्शनमा आउने उनको फिल्म ‘दरबार’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा उनलाई प्रहरी अफिसरको भूमिकामा एक्सन गर्दै गरेको देख्न सकिन्छ भने उनलाई भिलेनमा साथ दिएका छन् बलिउड स्टार सुनील शेट्टीले ।

एआर मुरुगाडोसको निर्देशनमा बनेको यस फिल्ममा रजनीकान्त र सुनीलका अलावा नयन्थाराको पनि मुख्य भूमिका रहेको छ ।