काठमाडौं -  सेञ्चुरी कर्मसियल बैँकले सेयरधनिलाई हितग्राही खाता नविकरण गर्न आग्रह गरेको छ ।

कम्पनीले मेरो शेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा संचालनमा आएको १ वर्षभित्र नविकरण गरिसक्न तथा सो समयभित्र नविकरण नगरेमा उक्त सेवा बन्द हुने जनाएको छ ।

बैंकले आर्थिक बर्ष २०७६।७७ को नविकरण शुल्क बुझाई खाता नविकरण गर्न शेयरधनीहरुलाई अनुरोध गरेको हो । तोकिएको समयाअवधि वार्षिक शुल्क नबुझाएमा खण्डमा हितग्राही खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि रोक्का रहने बैंकले जनाएको छ ।