काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार गएका छन् ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीसँग छलफलका लागि देउवा बालुवाटार गएको जानकारी दिए ।

काँग्रेसका एक पदाधिकारीले भने प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएको बताए । सभामुखमा उम्मेदवार नउठाएको काँग्रेसले उपसभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ ।