काठमाडौ - दीपिका पादुकोणको बहुप्रतिक्षित चलचित्र ‘छपाक’ रिलीज हुनुपूर्व नै कानूनी झमेलामा फसेको छ ।

लेखक राकेश भारतीले छपाकविरुद्ध बम्बई उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । एजेन्सीका अनुसार, राकेशले छपाकमा आफ्नो स्क्रिप्ट चोरी गरिएको आरोप लगाएका छन् । उनले छपाकको कहानी नै आफूले लेखेको दावी गरेका छन् । 

एजेन्सीका अनुसार, राकेशले सबैभन्दा पहिले आफूले यो कहानी सोचेका थिए र ‘काला दिन’ नाम राखेका थिए । उनले दावी गरेका छन्, सन् २०१५ मा चलचित्र काला दिन नाम इन्डियन मोशन पिक्चर प्रोड्यूसर एसोसिएशनमा दर्ता समेत गराएका छन् ।

बहुप्रतिक्षित चलचित्र ‘छपाक’ सत्य घटनामा आधारित छ । एसिड पीडितको कथामा  बनेको यस चलचित्रमा दीपिका पादुकोण एसिड पीडित लक्ष्मी अग्रवालको भूमिकामा देखिएकी छन् ।