एजेन्सी - इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार समूह एल अन्तर्गत भएको प्रतिस्पर्धामा युनाइटेडले सर्वियन क्लब पार्टिजनलाई ३–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

युनाइटेडको जितमा खेलको २१ औं मिनेटमा मासन ग्रीनवुड, ३३ औं मिनेटमा एन्थोनी मार्सियल र ४९ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरे ।युनाइटेडले ४ खेलबाट १० अंक जोड्दा पार्टिजनले समान खेलबाट ४ अंकमात्र जोडेको छ ।