काठमाडौं -  १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ ।

नेपालले स्वर्णपदकको संख्या ४३ पुर्‍याएको छ । शनिबार एथलेक्टिसमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसंगै स्वर्णको संख्या ४३ पुगेको हो ।

भारत ८९ स्वर्णसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानको श्रीलंकाको २९, चौथो स्थानको पाकिस्तानको २०, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण रहेको छ भने पुछारको भुटानका ५ वटा कास्यपदक रहेका छन् ।