काठमाडौं - एन आई सी एसिया बैंकले काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा आफ्ना ६ शाखा विस्तार गरेको छ । स्थानीय तहमा शाखा विस्तारको योजनाअनुरुप नयाँ कार्यालय स्थापना गरिएको बैंकले जनाएको छ । हिजो(सोमबार) एक विज्ञप्ति जारी गर्दै बैंकले सो जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।’

बैंकको विवरणअनुसार काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार, का. महानगरपालिका वडा नं. १४ कलंकीस्थित खसीबजार, का. महानगरपालिका वडा नं. १६ माछापोखरीस्थित माछापोखरी, का. महानगरपालिका वडा नं. ३२, नरेफाँटस्थित नरेफाँट, का. महानगरपालिका वडा नं. २८ पुतलीसडकस्थित पुतलीसडक र का. महानगरपालिका वडा नं. ३ स्वयम्भूस्थित स्वयम्भूमा नयाँ शाखा स्थापना गरिएका हुन् ।

बैंकको मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित कार्यालयबाट बैंकिङ्ग कार्य गर्दै आएको छ । करिब १९ लाख ग्राहक रहेको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ राजश्व बुझाएको दाबी गरेको छ ।

बैंकले कुनै पनि वित्तिय संस्था नपुगेका ३४ ठाउँमा शाखा विस्तार गरि सञ्चालन गर्दै आएको छ ।