एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले आफूले सहयोग नपाएको खण्डमा क्लब छोडिदिने बताएका छन् । आइतबार राति हुने खेल अघिको पत्रकार सम्मेलनमा बोल्दै जिदानले यस्तो कुरा बताएका हुन् । 

च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पीएसजीसँग ३–० गोलले पराजित भएपछि अलि निराश बनेको जिदानले आफूले क्लब छोड्नेबारेमा भने ‘यदी मैले कसैबाट सहयोग नपाएको खण्डमा क्लब जिम्मेवारी लिएर बसिरहनुको अर्थ छैन ।’ यसबारेमा उनले थपे ‘मैले छोड्नेबारेमा केही पनि सोचेको छैन । मैले अहिले सेभियासँग कसरी जित्ने भन्नेबारेमा मात्रै सोचेको छु । तपाई ९पत्रकार०हरुले क्लबमा के भइरहेको छ त्यो नियन्त्रण गर्न सक्नुहुन्न ।’

त्यसोत, पछिल्लो समय जिदानको विकल्पको रुपमा पूर्व प्रशिक्षक जोेसे मउरिन्होलाई पनि हेरिएको छ । ३०५ मिलियन खर्च गरेर खेलाडी किनेको भए पनि  रियलले राम्रो प्रदर्शन गर्न नसक्दा जिदानको आलोचना सुरु भएको हो । रियलले आज राति पौने १ बजे ला लिगा अन्तर्गत सेभियासँग प्रतिस्पर्धा गर्दैछ ।