काठमाडौं - प्रतिनिधिसभा बैठक बस्नु अघि सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्दैछ । 

फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा खोप लगाइने सचिवालयले जनाएको छ ।